कोरोनाबाट ४२ जनाको मृत्यु, २४ सय बढी संक्रमित थपिए

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ४ : ३४


काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट ४२ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २,४४४ जनामा सङ्क्रमण पुष्टि भएको छ।

देशभरका विभिन्न प्रयोगशालामा ११,६४० जनाको पीसीआर परीक्षण र ४,९९२ परीक्षण एन्टिजन विधिबाट गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

कुल परीक्षणको २१ प्रतिशतमा सङ्क्रमण देखिएको हो। सो अवधिमा ३,८५३ जनाले कोरोनालाई जितेर निको भएक छन्।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या छ लाख ६४ हजार पुगेको छ भने मृतकको सङ्ख्या ९,०५१ पुगेको छ।

अहिले कुल ३५,०७५ जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये २,८७५ जना संस्थागत आइसोलेशनमा रहेका छन्।

कुल सक्रिय सङ्क्रमितमध्ये ८,३९७ जना काठमाडौं उपत्यकामा रहेका छन्।


प्रतिक्रिया दिनुहोस्