असहायलाई निःशुल्क खाना बाँड्नेमाथि प्रहरी धरपकड, महानगरले भत्कायो खाना बनाउने ठाँउ

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ४ : २५


काठमाडौं । सरकारले जारी गरेको निषेधाज्ञाका कारण अहिले धेरैलाई सास्ती भएको छ।

निषेधाज्ञाका कारण विशेषगरि असहायहरु झन् समस्यामा परेका छन्।

त्यस्ता मानिसहरुलाई विभिन्न संघ संस्थाहरुले निशुल्क खाना बाँडिरहेका छन्।

काठमाडौंको अनामनगरस्थित सिंहदरबारको पूर्वी गेटनजिकै हाम्रो टिम नेपालले पनि खाना बनाउने र असहायलाई खाना बनाउँने गर्दै आएको थियो।

सो सार्वजनिक जग्गा काठमाडौं महानगरले खाली गराएको छ।

काठमाडौं महानगर प्रहरी र नेपाल प्रहरीको टोलीले निशुल्क खाना बाँड्नेहरुलाई समेत पक्राउ गरि े सार्वजनिक जग्गा सोमबार खाली गराएको हो।

आफूसँग समन्वय नगरी सार्वजनिक जग्गाको प्रयोग गरेको भन्दै महानगरले जग्गा खाली गराएको जनाएको छ।

सार्वजनिक जग्गालाई खुला छाड्ने र हरियाली पार्क निर्माण गर्ने योजना अनुसार सार्वजनिक जग्गामा बनाइएका टहरा हटाइएको महानगरपालिले जनाएको छ।

यसैबीच, अभिनेता पल साहले कोरोना माहामारीको बेला निःशुल्क खाना खुवाउदै आएको टिमलाई पक्राउ गर्नु निन्दनीय भन्दै सो कार्यको विरोध जनाएका छन्। पक्राउ गरिएकाहरुलाई तत्काल रिहा गर्न उनले माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस्