नेप्सेमा सामान्य वृद्धि, ७ अर्ब बढीको कारोबार

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ३ : २३


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज ४ अंकको वृद्धि भएको छ।

अघिल्लो दिनभन्दा ४.२९ अङ्क अर्थात् ०.१५ प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २८७४.६७ अङ्कमा आज बजार बन्द भएको छ।

आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २९०१.९८५७ र कममा २८६१.५५३१ पुगेको थियो।

आज ८०८२६ कारोबारमा १९२१५४७४ कित्ता सेयरको किनबेच भई ७६८९६३९३८२ रुपैयाँ बराबरको कारोबार भएर बजार बन्द भएको छ। नेप्सेमा सूचिकृत कूल २१९ कम्पनीको सेयर किनबेच भएको हो।

यसदिन सबैभन्दा धेरै माइक्रोफाइनान्स क्षेत्रका कम्पनीहरुको सेयर मूल्य बढेको छ। यी हुन आज धेरै कमाउने १० कम्पनी


प्रतिक्रिया दिनुहोस्