एटिएम तोडफोड गरिरहेको अवस्थामा एक पक्राउ

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  २ : १२


मोरङ । एटिएम तोडफोड गरिरहेको अवस्थामा एक युवक पक्राउ परेका छन्।

मोरङको बुढीगंगा गाउँपालिका ३ टंकी चोकस्थित एनआईसी एशिया बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा सोही ठाउँ बस्ने सुनसरी दुहबि नगरपालिका ९ घर भएका २४ वर्षीय मो।ईम्तियाजलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

उक्त बैंकको एटिएम तोडफोड भईरहेको भन्ने खबर प्राप्त हुनासाथ सिआरभी पोष्ट बाँसबारीबाट प्रहरी टोली खटिएको थियो।

प्रहरीले उक्त एटिएम तोडफोड गर्दै गरेको अवस्थामा उनलाई १ थान ताला फोडन प्रयोग भएको हतौडा, १ थान पेचकस, १ थान छिनो र को.३९ प ४८६४ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो।

उक्त कार्यमा संलग्न सोही ठाउँ बस्ने २५ वर्षीय मो।अनिस हुसेन फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्