इक्वेडरसँग ब्राजिलको बराबरी

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ८ : ५७


कोपा अमेरिका फुटबल अन्तर्गत समूह चरणको सोमबार बिहान भएको अन्तिम खेलमा ब्राजिलले इक्वेडरसँग १-१ गोलको बराबरीमा खेलेको छ ।
खेलको ३७ औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । एभर्टनको फ्रिकिकमा उनले हेडमार्फत गोल गरेका थिए ।
 खेलको ५३ औं मिनेटमा एन्जल मिनाले गोल गर्दै इक्वेडरलाई १-१ गोलको बराबरीमा ल्याए । उनले इनर भ्यालेन्सियाको पासलाई सदुपयोग गरे
 यो सङै  ब्राजिल समूह ‘बी’ को समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ भने  इक्वेडर पनि चौंथो स्थानमा रहदै क्वाटरफाइनलमा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्