कोरोना संक्रमणको दोस्रो लहर सकिन नपाउँदै तेस्रोको जोखिम उच्च

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ८ : ०४


कोरोना संक्रमणको दोस्रो लहर सकिन नपाउँदै तेस्रोको जोखिम उच्च देखिएको छ। डेल्टा भाइरस र यसको उत्परिवर्तित रूप डेल्टा प्लसको संक्रमण अब धेरै टाढा छैन।

पहिलो र दोस्रो लहरमा ज्येष्ठ र वयस्क व्यक्तिमा बढी संक्रमण पाइएको थियो। स्वास्थ्य मन्त्रालयले कोरोनाको तेस्रो र चौथो लहर आउन सक्ने भएकाले स्वीकृत शैय्याको कम्तीमा २० प्रतिशत बालबालिकाको उपचारका लागि तयारी अवस्थामा राख्न सबै अस्पताल ९सरकारी, निजी, सहकारी र सामुदायिक० लाई निर्देशन दिएको छ।

तर, संक्रमणको तेस्रो लहरमा भने डेल्टा र डेल्टा प्लस भेरियन्टको संक्रमणले बालबालिका प्रभावित हुने आँकलन विज्ञहरूले गरेका छन्। डेल्टा प्लसको संक्रमण नेपालसहित १० मुलुकमा पुष्टि भएको मन्त्रालयले जनाएको छ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं सूक्ष्म जीव विज्ञान विज्ञ डा। प्रकाश घिमिरेका अनुसार, पछिल्लो समय विश्वभर नै झण्डै ७० प्रतिशत संक्रमण डेल्टा र डेल्टा प्लसले गराएको छ। छिमेकी भारतमा तीव्र रूपमा संक्रमण गराइरहेको डेल्टा प्लसका संक्रमण नेपालमा पनि पाइएको छ।

भारत, अमेरिका, बेलायत, स्वीट्जरल्याण्ड, जापान, पोर्चुगल, पोल्याण्ड, रुसलगायतका मुलुकमा देखा परिसकेको छ। भारतका १२ राज्यमा डेल्टा प्लसको संक्रमण पाइएको छ। जसमध्ये ८ वटा राज्यमा डेल्टा भाइरसका संक्रमितहरू बढ्दै गएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

डेल्टा र यसको उत्परिवर्तित भेरियन्टको बढी संक्रमण दसैंको आसपासमा हुने विज्ञहरूको अनुमान छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी भन्छन्, ‘डेल्टा प्लसले नै तेस्रो लहर ल्याउँछ भन्ने यकिन छैन। तर, छिमेकी मुलुकमा संक्रमण बढाइरहेकाले नेपालमा पनि चाडपर्वको बेला जुनसुकै उमेरका व्यक्तिलाई संक्रमण बढ्ने जोखिम छ। यसबाट बालबालिका मात्र नभई खोप नलगाएका अन्य उमेरका व्यक्ति पनि संक्रमित हुन सक्छन्।’

नेपालमा डेल्टार डेल्टा प्लससहित अन्य दुईवटा भाइरसको संक्रमण पाइएको छ। गत वैशाख २६ देखि जेठ २० गतेसम्म मुलुकका विभिन्न भागमा विभिन्न उमेर समूहका व्यक्तिहरूबाट ४८ वटा नमुना संकलित गरिएको थियो। संकलित नमुनाहरूको जिनोमिक पहिचान ९सिक्वेन्सिङ० गर्दा अधिकांशमा डेल्टा भेरियन्ट पुष्टि भएको थियो।

संकलित ४८ वटा नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी जिनोम सिक्वेन्सिङका लागि भारत पठाइएको थियो। जसमध्ये ४७ वटा नमुनामा डेल्टा भेरियन्ट पुष्टि भएको छ। एउटा नमुनामा अल्फा भेरियन्ट  पुष्टि भएको डा। अधिकारीले जानकारी दिए। डेल्टा भेरियन्ट पुष्टि भएका ४७ वटा नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के ४१७ एन म्युटेसन भेटिएको छ। यसलाई एवाई १ नामाकरण गरिएको छ।यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

 


प्रतिक्रिया दिनुहोस्