मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ९ : ४१


धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ।

गौरीगङ्गा नगरपालिका– ३ कुचैनीमा पूर्वबाट पश्चिमतर्फ गइरहेको से २ प ६४६७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका–१७ धुर्जना शिविरका २८ वर्षीय मोटरसाइकल चालक सीताराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुका अनुसार चौधरी सवार मोटरसाइकल आफैैँ अनियन्त्रित भई सडक छेउमै रहेको विद्युत्को पोलमा ठोक्किन जाँदा दुर्घटना भएको थियो। रासस


प्रतिक्रिया दिनुहोस्