एमाले परित्याग गरेको बेदुराम भुसालको घोषणा!

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ९ : ३७


काठमाडौं । नेकपा एमालेका नेता बेदुराम भुसालले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।

एमालेभित्रको आन्तरिक किचलो तिव्र बनेका बेला राष्ट्रियसभा सदस्य समेत रहेका भुसाल पार्टी परित्यागको घोषणा गरेका हुन।

आइतबार संसद सचिवालयमा पत्र पठाउँदै आफू स्वतन्त्र रुपमा राष्ट्रिय सभा सदस्यको हैसियतमा रहन चाहेको बताएका छन्।

भुसालले संसद सचिवालयका महासचिवलाई लेखेको पत्रमा आफू तत्कालीन नेकपाबाट उम्मेदवार बनि राष्ट्रियसभा सदस्यमा निर्वाचित भएको भएको उल्लेख गर्दै सर्वोच्चको फागुन २३ को फैसलापछि पार्टीको अस्तित्व समाप्त भएको अवस्थामा आफू स्वतन्त्र भूमिकामा रहन चाहेको बताएका छन्।

भुसाल एमालेभित्र वरिष्ठ नेता माधव नेपाल समूहका महत्वपूर्ण नेता हुन्।


प्रतिक्रिया दिनुहोस्