हिमाली पर्यावरण राष्ट्रिय सुरक्षाको सरोकार : प्रधानसेनापति थापा

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ९ : ०६


प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकको बताएका छन। नेपालको हिमाली पर्यावरण र पर्वतारोहणमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायबीच समन्वयका क्षेत्र’ विषयको वेबिनारको आज उद्घाटन गर्दै उनले वातावरणीय संरक्षणको महत्व केवल मुलुकविशेषको नभई समग्र विश्वकै चासो र चिन्ताको विषय भएको जनाए।

राष्ट्रिय सुरक्षा परिषद् सचिवालयद्वारा आयोजित दुईदिवसीय कार्यक्रममा राष्ट्रिय निकुञ्ज र सीमा सुरक्षालाई प्रभावकारी बनाउन अत्याधुनिक सर्भिलेन्स उपकरणको प्रयोग जस्ता विषयमा छलफल हुनेछ।

परिषद् सचिवालय संयोजक एवं रक्षा सचिव रेश्मिराज पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, वन तथा वातावरण मन्त्रालयका सचिव डा. प्रेमनारायण कंँडेललगायतले नेपालको पर्यापर्यटन, हिमाली क्षेत्रको महत्व र सुरक्षाका विविध पक्षमा केन्द्रित रही धारणा राखेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। रासस


प्रतिक्रिया दिनुहोस्