दिल्लीमा पछिल्लो २४ घण्टामा मात्र ८९ सङ्क्रमित, चारको मृत्यु

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ७ : ५८


नयाँ दिल्ली । दिल्लीमा बिगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या यो बर्षकै सबैभन्दा कम रहेको संघीय स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्याङ्कमा उल्लेख छ।

दिल्लीमा पछिल्लो २४ घण्टामा ८५ व्यक्तिमा नयाँ सङ्क्रमण भेटिएको र चार सङ्क्रमितको मृत्यु भएको हो।

दिल्लीमा पछिल्लो २४ घण्टामा २८५ व्यक्ति कोभिड–१९ सङ्क्रमणमुक्त भएका छन् भने अहिलेसम्म कूल १४ लाख सात हजार व्यक्ति निको भई घर फर्किएका छन्। दिल्लीमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ५६८ रहेको छ।

दिल्लीमा कोभिडका कारण मृत्यु हुनेको दर १.७४ प्रतिशत कायम भएको छ।


प्रतिक्रिया दिनुहोस्