पुरानो नक्सा राखेका पुस्तक पढाएको भन्दै २० बढी स्कुललाई सरकारले सोध्यो स्पष्टीकरण

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ६ : १०


काठमाडौं । सरकारले सेन्ट जेभियर्ससहित २० भन्दा बढी विद्यालयलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।

पाठ्यक्रम विकास केन्द्रले सेन्ट जेभियर्स स्कूललगायत २० वटा स्कुलका प्रिन्सपल र ६ प्रकाशकलाई २४ घण्टे जवाफ मागेको छ।

कक्षा २, ३ र ६ का विद्यार्थीलाई पुरानै नक्साअंकित पाठ्यपुस्तक पठनपाठन गराउने र तोकिएको विषयबाहेकका सन्दर्भ सामाग्री भनी अनावश्यक संख्यामा पाठ्यपुस्तक तथा पाठ्यसामग्रीहरू खरिद गर्न अभिभावकहरूलाई बाध्य पारेको देखिएकोले प्रधानाध्यापकहरूलाई स्पष्टीकरण मागिएको हो।

केहि दिन अघि शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले पुरानो नक्सा राख्ने प्रकाशक र विद्यालयलाई कारवाही गर्ने चेतावनी दिएका थिए।

पाठ्यक्रम केन्द्रले नेपालको नयाँ नक्सा समावेश भएका पाठ्यपुस्तक तथा पाठ्यसामग्रीहरू तथा पाठ्यक्रम विकास केन्द्रद्वारा स्वीकृत पाठ्यपुस्तक तथा पाठ्यसामग्रीहरू भएरनभएको राम्रोसँग हेरी अध्ययन गरी पाठ्यपुस्तक खरिद तथा उपयोग गर्ने व्यवस्थाका लागि विद्यालय, विद्यार्थी तथा अभिभावकहरूलाई सचेत समेत गराएको छ।


प्रतिक्रिया दिनुहोस्