स्नातक नगरेका युवराज कार्कीलाई राजदूत नियुक्त नगर्न सर्वोच्चको आदेश

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ५ : ३९


काठमाडौं । सर्वोच्च अदालतले राजदूत नियुक्तीबारे आदेश दिँदै स्नातक नगरेको युवराज कार्कीलाई राजदूत नियुक्त नगर्न अन्तरिम आदेश दिएको छ।

पूर्वमन्त्री समेत रहिसकेका कार्कीलाई सरकारले बहराइनको लागि नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

कार्कीको योग्यता नपुगेको भन्दै निर्णय तत्काल कार्यन्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो।

अधिवक्ता दीपक मिश्रले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले कार्कीको निर्णय कार्यन्वयन नगर्न भनेको हो।

उनलाई वैशाख २५ गते राजदूतमा नियुक्तिका लागि सरकारले सिफारिस गरेको थियो।


प्रतिक्रिया दिनुहोस्