थपिए १९२० कोरोना संक्रमित, ३४ जनाको मृत्यु

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ५ : १०


काठमाडौं । पछिल्लो २४ घण्टामा थप एक हजार ९२० जनामा कोरोना भाइरस सङक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा छ हजार जनामा पीसीआर परीक्षण गर्दा एक हजार ३५३ मा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

त्यसैगरी ती हजार ८३६ जनामा एन्टिजेन परीक्षण गर्दा ५६७ जनामा गरी जम्मा एक हजार ९२० जनामा सङ्क्रमण भएको हो।

योसँगै नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जना कोरोना सङ्क्रमित भएका छन्।

बितेको २४ घण्टामा उपत्यकामा ४२४ जना सङ्क्रमित थपिएका छन्। घण्टामा थप ३ हजार ७ जना निको भएका छन्। गत २४ घण्टामा कोरोना कारण ३४ जनाको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस्