एकैपटक १० बच्चा जन्माउने भनिएकी महिला गर्भवती नै नरहेको पुष्टि

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ६ : १०


एजेन्सी । एक दक्षिण अफ्रिकी महिलाले एकैपटक १० बच्चा जन्माएर विश्व रेकर्ड राखेको समाचार केहि दिन अघि भाइरल बन्यो।

अन्तराष्ट्रिय सञ्चारमाध्यमले निकै प्राथमिकताका साथ प्रकाशित गरेको उक्त समाचार सत्य नरहेको अनुसन्धानबाट पत्ता लागेको छ।

बीबीसीका अनुसार एकैपटक १० बच्चा जन्माएकी भनिएकी ती महिला गर्भवती नै थिइनन्। उनीमाथि गलत कुरा फैलाएको आरोपमा पक्राउ गरि अनुसन्धान थालिएको छ।

यसै महिनाको सुरुमा दक्षिण अफ्रिकाकी ३७ बर्षीया गोस्याम सिथोलले १० बच्चालाई जन्म दिएको भन्ने दाबी सही नरहेको आधिकारिक अनुसन्धानले पत्ता लगाएको हो।

उनले कुनै पनि अस्पतालमा बच्चा जन्माएको रेकर्ड नभेटिएको त्यहाँको प्रान्तीय सरकारले बताएको छ। मेडिकल परीक्षणमा उनी गर्भवती समेत नरहेको खुलेको हो।

दक्षिण अफ्रिकी अनलाइन मिडिया इन्डिपेन्डेन्टको स्वामीत्वमा रहेको प्रीटोरिया न्युजले सबैभन्दा पहिले यो समाचार जुन ८ मा प्रकाशन गरेको थियो। समाचारको कुप्रचार गर्नुको कारण भने खुलेको छैन।


प्रतिक्रिया दिनुहोस्