थपिए २ हजार ४७४ कोरोना संक्रमित, २४ जनाको मृत्यु

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ४ : ५३


काठमाडौ । नेपालमा थप दुई हजार ४७४ मा कोभिड–१९ मा पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सात हजार २३५ जनाको पिसिआर तथा चार हजार ९९७ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः एक हजार ५७७ र ८९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर २४ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हालसम्म नेपालमा ८ हजार ९१८ जना सङ्क्रमितको मृत्यु भएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५१८ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

नेपालमा सङ्क्रमितको निको हुने दर ९० दशमलब ७ प्रतिशत रहेको छ। नेपालमा हालसम्म ५ लाख ७० हजार ९५८ जना सङ्क्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आज देशभर थपिएका मध्ये काठमाडौं उपत्यकामा ३३५ जना संक्रमित छन्।

काठमाडौंमा २३, भक्तपुरमा ३३ र ललितपुरमा ६८ जना संक्रमित थपिएका हुन् ।

देशभर ७३६ जना आईसीयू र २०७ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्