राष्ट्रपतिले गरेका नियुक्तीबारे बाबुरामले भने-‘निरंकुश शासकले खल्तीबाट निकालेका नाम’

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ४ : ४४


काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायमा २० पदाधिकारीको नियुक्ती गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

कामचलाउ प्रधानमन्त्री केपी शर्मा अ‍ोली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले बिहिबार नियुक्ती गरेकी थिइन्।

सो नियुक्त असंवैधानिक भन्दै डा.भट्टराईले पदभार नगर्न नियुक्त पदाधिकारीलाई समेत आग्रह गरेका छन्।

सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘लोकतन्त्रको खम्बा मानिने शक्ति पृथकीकरणरसन्तुलन अध्यादेशबाट भत्काउॅदै सभामुख,उपसभामुख र विपक्षी दलका नेता विना निरंकुश शासकले खल्तीबाट निकालेका नाम संसदीय समितिबाट अनुमोदन नगरी असंवैधानिक ढंगले नियुक्त गरिएका संवैधानिक अंगका पदाधिकारीले पदभार ग्रहण नगरून्! अदालतले छिटो फैसला गरोस्!’


प्रतिक्रिया दिनुहोस्