प्रिओपन सेसनमा २ प्रतिशत मात्र मूल्य परिवर्तन गर्न सकिने

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  २ : ३८


काठमाडौं । नेपाल स्छक एक्सचेन्ज (नेप्से) को प्रि ओपन सेसनमा २ प्रतिशत मात्र मूल्य घटबढ गर्न मिल्ने भएको छ।

नेपाल धितोपत्र बोर्डले प्रारम्भिक कारोबार सत्र अर्थात प्रि ओपन सेसनमा हुने मूल्य परिवर्तनको सीमालाई घटाएको छ।

बोर्डले हाल ५ प्रतिशत रहेको यस्तो सिमालाई घटाएर २ प्रतिशतमा झारेको हो।

अब प्रि ओपन सेसनमा शेयरमूल्य २ प्रतिशत तल माथि मात्रै कारोबार हुनेछ।

बोर्डले प्रारम्भिक सत्रमा भइरहेको धितोपत्रको मूल्यमा भइरहेको अस्वभाविक उतारचढावलाई व्यवस्थित गर्नुपर्ने देखिएकोले उक्त सत्रमा हुने मूल्य परिवर्तनको सीमालाई घटाइएको जनाएको छ।

त्यसैगरी बोर्डले धितोपत्र कारोबार हुँदा न्युनतम मूल्य परिवर्तनको सीमा (टिक साइज) लाई समेत घटाएको छ। हल न्युनतम मूल्य परिवर्तनको सीमा १ रुपैयाँ रहेकोमा त्यसलाई घटाएर १० पैसा कायम गरेको छ।


प्रतिक्रिया दिनुहोस्