ज्वाला संग्रौलालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  २ : १८


काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौलालाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिइएको छ।

महानगरीय प्रहरी परिसर टेकुले जिल्ला अदालत काठमाडौंबाट अुसन्धानका लागि ५ दिन समय मागेको हो।

हिरासतमा राखेर अनुसंधान गर्न जिल्ला अदालत काठमाडौंले ५ दिनको म्याद थप गरेको छ।

यो सँगै अब अभद्र व्यवहारको कसुरमा पक्राउ परेका ज्वालासहित अन्य २ जनाले ५ दिन प्रहरी हिरासतमा बस्नुपर्ने भएको छ।

महानगरीय प्रहरी वृत्त गौशालाभित्रै खुश्बु घिमिरेमाथि कुटपिट गरेको घटनाको अनुसन्धानका लागि संग्रौलासहित हिमाल उपाध्याय र शर्मिला वाइबालाई प्रहरीले आइतबार पक्राउ गरेको थियो।

संग्रौलासहित उनको समूहका व्यक्तिले अघिल्लो महिना महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मणिकान्त झामाथि रंगभेदी दूर्व्यवकार गरेका थिए।


प्रतिक्रिया दिनुहोस्