खनाल-नेपाल पक्षले दर्ता गरायो नयाँ दल

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ८ : ५१


अन्ततः नेकपा (एमाले)का बारीस्ठ नेता माधव कुमार नेपालले पनि प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकै बाटो पच्छाएका छन् । माधव नेपाल निकट नेताले अलग्गै पार्टी दर्ता गरेपछि नेता नेपालले पनि ओलीटिक्स गर्न लागेको चर्चा भएको छ ।

ओलीले एमाले माओवादी एकता लगत्तै नेकपा एमाले को नाममा अलग्गै पार्टी दर्ता गराएका थिए । बुधवार माधवकुमार नेपाल पक्षधर नेता जीवन राईको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) निर्वाचन आयोगमा दर्ता भएको हो ।

आयोगले नेकपा (एकीकृत) दर्ता गरी कलम चिह्नसहितको प्रमाणपत्र राईलाई प्रदान गरेको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोगको सोमबार बसेको बैठकले नेकपा एकीकृत दर्ता गर्ने निर्णय गरेर बुधवार दर्ता प्रमाणपत्र प्रदान गरिएको हो। नेकपा ९एकीकृत०ले दर्ता नम्बर १ सय ६३ पाएको छ ।

समय घर्काउँदै पेल्दै जाने ओलीको रणनीति सँग आजित भएका नेपाललाई एमाले एक ढिक्का बनाउन सकिनेमा पूर्ण विश्वास छैन ।नेकपा (एमाले)मा कुरा नमिल्दा चुनाव फेस गर्न नेपाललाई अर्को दल चाहिन्छ । चुनावको मुखमा दल दर्ता गर्न ढिला हुन सक्ने आकलन सहित नेपाल पक्षले यो कदम चालेको हो ।


प्रतिक्रिया दिनुहोस्