भ्रष्टाचारको अभियोगमा चूडामणि शर्मा विरुद्ध अर्को मुद्धा दायर

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ३ : ५३


काठमाडौं । आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चूडामणि शर्माविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्स्योट आयोगमा छँदा १ अर्ब ३३ लाख भ्रष्टाचार गरेको अभियोग शर्मा विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो।

आयोगले शर्मासहित कर फर्स्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालसमेतलाई प्रतिवादी बनाएर बुधबार अदालतमा मुद्दा दायर गरेको छ।

उनीहरूसँग १ अर्ब ३३ लाख ३० हजार ३८५ रूपयाँ बिगो माग गरी मुद्दा दायर गरिएको हो।


प्रतिक्रिया दिनुहोस्