सेयर बजारमा ५४ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ३ : ११


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज झण्डै ५४ अंकको गिरावट आएको छ।

अघिल्लो दिनभन्दा ५३.७४ अङ्क अर्थात् १.८४ प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २८६०.१ अङ्कमा आज बजार बन्द भएको छ।

आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २९४०.०२९ र कममा २८५६.८४१२ पुगेको थियो।

आज ९१०७५ कारोबारमा १९४१७५३२ कित्ता सेयरको किनबेच भई ८३६२६७१६८०.५ रुपैयाँ बराबरको कारोबार भएर बजार बन्द भएको छ।

नेप्सेमा सूचिकृत कूल २१८ कम्पनीको सेयर किनबेच भएको हो।

अघिल्ला ५ कारोबार दिनमा करिब २ सय अंकले घटेको बजारमा मंगलबार करिब ८० अंकको सुधार देखिएको थियो । तर, यो वृद्धि बुधबार सम्म पनि टिक्न सकेन ।

नेप्सेमा आज हिजोको भन्दा पनि कारोबार रकम घटेको छ। यसदिन राधि हाइड्रो, नगाडि ग्रुप पावर लिमिटेड लगायत केहि कम्पनीको सेयर मूल्य भने बढेको छ।


प्रतिक्रिया दिनुहोस्