रुपा सुनारको सुरक्षामा ध्यान दिन जात व्यवस्था उन्मुलन मोर्चाको माग

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  २ : ३६


काठमाडौं । जात व्यवस्था उन्मुलन मोर्चा नेपालले रुपा सुनारको सुरक्षाको माग गरेको छ।

आफू दलित रहेको बताएपछि काठमाडौंको बबरमहल स्थित एक घरबेटीले उनलाई कोठा भाडामा दिन अस्वीकार गरेको बताएकी थिइन्।

दलित भन्दै कोठा नदिएको आरोप लगाउँदै रुपाले घरबेटी विरुद्ध प्रहरीमा जाहेरी दिइन्। प्रहरीले ती घरबेटीलाई नियन्त्रणमा लिएर ३ दिनपछि रिहा गरेको छ।

आज काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएसँगै प्रधानलाई रिहा गरिएको हो।

जात व्यवस्था उन्मुलन मोर्चाले आफ्नो संगठनकी नेतृ समेत रहेकी रुपाको सुरक्षाको माग गरेको छ।


प्रतिक्रिया दिनुहोस्