अन्तरिक्षमा जादैछन बेसोज , ९४००० मानिसले भने धर्तीमा नफर्कनु !

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  १० : ४७


संसारको सबैभन्दा धनीको स्थानमा रहिसकेका जेफ बेसोज अन्तरिक्षमा जादैछन । उनले अन्तरिक्षमा जाने घोषणा गरेको तीन दिनमा नै एउटा अभियान सुरु गरेको थियो जसको मूल नारा थियो ‘अर्बपतीहरुलाई धर्तीमा रहन छुट छैन उनीहरू अन्तरिक्षमा रहन सक्छन् ।

उक्त अभियान जारी र यो अभियानमा ९४००० मानिसले हस्ताक्षर गरिसकेका छन् । मजाकमै सुरु गरिएको यो अभियानमा तीव्र आकर्षण देखियो ।

अहिले ९४ हजारले यसमा हस्ताक्षर गरिसके र यो सङ्ख्या अझै बढ्दै गएको छ । अमेजनका संस्थापक र सिइओ बेसोजलाई धर्तीमा आउन नदिन यो अभियानमा मानिसहरू जुटी रहेका छन् ।

बेसोजले ब्लु ओरजिन नामको कम्पनी बनाएका थिए जसको उद्देश्य मानव युक्त रकेटलाई अन्तरिक्षमा पुर्‍याउनु हो । यसको सफलमा पछि मानिसको अन्तरिक्ष यात्रा सहज र साधारण हुने छ । यसको परीक्षण स्वरूप बेसोज २० जुलाईमा अन्तरिक्षमा जादैछन ।

“Do not allow Jeff Bezos to return to Earth.” नामको अपिल रिक जी नामका एक युजर्सले वेबसाइट चेन्ज डट ओआरजी मा राखेका थिए । जसमा लेखिएको थियो धर्तीमा अर्बपतीहरू रहन हुँदैन उनीहरू अन्तरिक्षमा रहन सक्छन् ।


प्रतिक्रिया दिनुहोस्