अदालतको फैसलाबारे नारायणकाजीको टिप्पणी : अति भए पछि खति हुन्छ नै!

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ९ : ३७


काठमाडौं नेकपा (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको पछिल्लो फैसलालाई स्वागत गरेका छन्।

सर्वोच्चले मंगलबार प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको मन्त्रिपरिषद् विस्तार विरुद्ध आदेश दिँदै तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ।

प्रवक्ता श्रेष्ठले फैसलाको स्वागत गर्दै संविधान र लोकतन्त्रको धज्जी उडाइएको स्थितिलाई अदालतले एक हदसम्म रोकेको बताएका छन्।


प्रतिक्रिया दिनुहोस्