महेश बस्नेत भन्छन्-‘प्रचण्डले भने जस्तै भयो, अदालको फैसला सेटिङ्गमा’

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ८ : १०


काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले मन्त्रिपरिषद् विस्तार विरुद्ध सर्वोच्च अदातलको पछिल्लो फैसलाप्रति असन्तुष्टि जनाएका छन्।

मंगलबार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तार असंवैधानिक भन्दै तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो।

सो बारे एमाले नेता बस्नेतले सामाजिक सञ्जालमा लेख्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले भने अनुसार फैसला आएको भन्दै अदालतमा सेटिङ हुने शंका ब्यक्त गरेका छन्।

उनले लेखेका छन् –‘हिजो माओवादी अध्यक्ष प्रचण्डले धादिङमा, आफुले प्राप्त गरेको बिशेष सूचना भनेर जे बोल्नु भएको थियो आज प्रतिनिधिसभा विघटन पछि मन्त्रिपरिषद विस्तार भएको भन्दै दायर भएको रिटमाथि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको सुनियो। यो फैसला पछाडि आम रुपमा के प्रश्न उठेको छ भने अदालतका फैसलाहरू कि सेटिङमा हुने गर्दछन् कि न्यायलयहरुले संभाब्य फैसलाको पूर्व अनुमान खास ठाउँमा दिने गर्दछन् । कि प्रचण्डको भविष्यवाणी काग कराउनु कुखुरा हराउनु भएको हो।’

उनले न्यायालयको अन्तरिम आदेशको अन्तर्य हेर्दा प्रधानमन्त्रीले संसद विघटन गरेर गरेको निर्वाचनको घोषणालाई भने स्विकार गरेको दावी समेत गरेका छन्।

 


प्रतिक्रिया दिनुहोस्