सर्वोच्चको आदेश अप्रत्यासित, राजनीति जटिल मोडतिर : एमाले

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ६ : २७


सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तार विरुद्ध दिएको अन्तरिम आदेशपछि नेकपा एमाले झस्किएको छ।

एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको आदेश अप्रत्यासित भएको बताएका छन्।

अदालतले मंगलबार २१ र २७ जेठमा भएको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ। यो आदेशले राष्ट्रिय राजनीति जटिल मोडतिर गएको ज्ञवालीले बताए।

‘अदालतको आदेश अप्रत्यासित छ। यसले राष्ट्रिय राजनीतिलाई झनै जटिल मोडतिर धकेलेको छ’, उनले भने ।

अदालतको आदेशबारे थप छलफल गरिने ज्ञवालीले बताए। ‘अप्रत्यासित छ। यसबारे बाँकी निर्णय हामी बैठक बसेर गर्छौ’, उनले भने।


प्रतिक्रिया दिनुहोस्