क्लबहाउसमा प्रोफाइलमा आईजिपीको फोटो राख्ने युवक पक्राउ

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ३ : ५०


काठमाडौं । सामाजिक सञ्जाल क्लबहाउसमा नेपाल प्रहरीका आईजिपीको प्रोफाइल फोटोराख्ने युवक प्रकाउ परेका छन्।

नेपाल प्रहरीको नाम, लोगो र प्रहरी अधिकारीहरूको दर्ज्यानी चिह्नसहित तस्वीर दुरुपयोग गर्ने ती युवकलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो।

‘नेपाल प्रहरीको छविमा नकारात्मक प्रभाव पार्ने गरी सूचना सम्प्रेषण गर्नुका साथै अहोरात्र नागरिकको सेवामा समर्पित सिङ्गो प्रहरी संगठनको छवि लमिल्याउने र सामाजिक सञ्जालको दुरुपयोग गरी अफवाह फैलाउने’ कसुरमा भक्तपुरको चागुनारायण नगरपालिकाको वडा नं. ६ खरिबोट बस्ने इशान लामिछानेलाई सोमबार पक्राउ गरिएको प्रहरीले बताएको छ।


प्रतिक्रिया दिनुहोस्