सेयर बजारमा फर्कियो उल्लास, एकैदिन ८७ अंकको वृद्धि

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ३ : ०६


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज ८० अंकको वृद्धि देखिएको छ।

पछिल्ला केहि दिन यता घटिरहेको सेयर बजार आज ह्वात्तै बढेको हो। योसँगै बढ्दो बजारले आफ्नो लय समातेको छ।

अघिल्लो दिनभन्दा ७९.४३ अङ्क अर्थात् २.८० प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २९१३.८४ अङ्कमा आज बजार बन्द भएको छ। आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २९१४.४२९९ र कममा २८२४.०३६४ पुगेको थियो।

यसरी आजको न्यूनतम विन्दु २८२४.०३६४ बाट हेर्ने हो भने नेप्से आज एकैदिन ८७.७४ अंकले बढेको छ।

आज ११२०५० कारोबारमा १९७७०६३८ कित्ता सेयरको किनबेच भई १०२८६२६९९५७ रुपैयाँ बराबरको कारोबार भएर बजार बन्द भएको छ। नेप्सेमा सूचिकृत कूल २२५ कम्पनीको सेयर किनबेच भएको हो।

आज कारोबार भएका मध्ये १७५ कम्पनीको मूल्य बढेको छ।

कारोवार भएका कूल १३ उपसमूहको नै शेयर मूल्यमा वृद्धि भएको छ।

बैंकिङ ४४.१३, व्यापार २१.५४, होटल तथा पर्यटन १०९.९५, विकास बैंक २५१.३३, जलविद्युत् १५०.०१, वित्त १२७.६, निर्जीवन बीमा ३७५.२३, उत्पादन १६२.४१, अन्य ३४.८२, लघुवित्त ६४.९, जीवन बीमा ३८७.८५, सामूहिक लगानी कोष ४.५८ र लगानी उपसमूहको शेयर ४.५८ बिन्दुले उकालो लागेको छ।

नेप्सेका अनुसार आज आठ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यसमा अधिकांश जलविद्युत् कम्पनी रहेका छन्।

अपि पावर कम्पनी, ङादी ग्रुप अफ पावर, पञ्चकन्या माई हाइड्रोपावर, बरुण हाइड्रोपावर, एचआइडिसिएल, जानकी फाइनान्सको शेयरमा समान १० प्रतिशतले बढोत्तरी भएको छ। राधी विद्युत् कम्पनी ९.९९, जोशी हाइड्रोपावरको शेयरमा ९.९६ प्रतिशतको वृद्धि भएको छ।

यस्तै, गोर्खाज फाइनान्स, ३.१७, एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर ३.०५, एसबिएल डिवेञ्चर २, एनआइसि एशिया डिवेञ्चर १.९६ र कुमारी इक्विटी फण्डका लगानीकर्ताले १.४४ प्रतिशतले गुमाए।


प्रतिक्रिया दिनुहोस्