कोरोना संक्रमितको मनोबल बढाउन आईसोलेसनमा योग

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ७ : ४८


कोरोना संक्रमितको मनोबल बढाउन आइशोलेसनमा योग सिकाउन थालिएको छ।

पतञ्जली योग जिल्ला कार्यसमित सङ्खुवासभाको आयोजनामा हरेक दिन योगा सिकाउने गरेको छ।

सङ्खुवासभाको खाँदबारी नगरपालिका –९ तुम्लिङटारमा जिल्ला अस्पतालको अस्थायी कोभिड आईसोलेसन वार्डमा कोरोना संक्रमितको मनोबल बढाउन पतञ्जली योगले हरेक दिन योग सिकाउने गरेको छ।

योग मार्फत श्वासप्रश्वासको अभ्यासलाई प्राथमिकतामा राखिएको प्रशिक्षक छितिज बरालले जानकारी दिए।

कोरोना संक्रमित मात्रै होइन खाँदबारी नगरपालिकाका उपप्रमुख डेगेश्वरी श्रेष्ठ पनि योग सिक्न तुम्लिङटारको आइशोलेसनमा पुग्ने गरेका छन। रासस


प्रतिक्रिया दिनुहोस्