भोलिबाट टुटल र पठाओको सेवा सञ्चालनमा आउने

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ५ : ४५


काठमाडौं । सरकारले नीजि सवारी साधान जोर विजोर प्रणालीमा चलाउन दिने भएको छ।

उपत्यकामा हाल जारी रहेको निषेधाज्ञा थप १ हप्ता लम्ब्याउँदै खुकुलो बनाइएको हो।

निजि सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणाली लगाू भएसँगै टुटल र पठाओ सेवा पनि सञ्चालनमा आउने भएका छन्।

राइड सेयरिङ कम्पनी टुटल र पठाओ कम्पनीले भोलिदेखि सेवा सुरु गर्न लागेको कम्पनीले जानकारी दिएका छन्।

सरकारले लागू गरेको जोरबिजोर प्रणालीअनुसार नै सेवा सुरु गरिने कम्पनीले जनाएका छन् ।

निषेधाज्ञा कायमै रहेकाले सेवाग्राहीको संख्या कम भए पनि सेवा भने सुरु गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस्