ज्वाला संग्रौलालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ४ : ५९


काठमाडौं । टेकु प्रहरी हिरासतमा रहेका ज्वाला संग्रौला सहित ३ जनालाई हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ।

नेकपा एमाले निकट युवा संघकी नेतृ खुश्बु (नविता) घिमिरेले दिएको किटानी जाहेरीका आधारमा संग्रौला हिजो पक्राउ परेकी थिइन्।

अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो।

संग्रौलासँगै उनका पति हिमाल उपाध्याय र शर्मिला वाइवालाई पनि थुनामा राख्न अनुमति दिइएको छ।

संग्रौलाले नेपाल प्रहरीका असई मणिकान्त झालाई रंगभेदी अभिव्यक्ति दिएर दुर्व्यवहार गरेपछि विरोध भइरहेको छ।

 


प्रतिक्रिया दिनुहोस्