सेयर बजारमा आज पनि ठूलो पहिरो, आत्तिए लगानीकर्ता

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ३ : २२


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज पनि ठूलो गिरावट आएको छ।

सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीमा चलखेल भएको भन्दै विज्ञप्ति जारि गरेपछि नेप्से लगातार घटिरहेको छ।

हिजो ६३ अंकले घटेको नेप्सेमा आज ७१ अंकको गिरावट आयो। अघिल्लो दिनभन्दा ७१.०६ अङ्क अर्थात् २.४५ प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २८३४.४१ अङ्कमा आज बजार बन्द भएको छ। आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २९२४.४७८५ र कममा २८२८.६२२१ पुगेको थियो।

आज १२७८३७ कारोबारमा २२५२२४९१ कित्ता सेयरको किनबेच भई ११६१९०३५६७३.५ रुपैयाँ बराबरको कारोबार भएर बजार बन्द भएको छ।

नेप्सेमा सूचिकृत कूल २२७ कम्पनीको सेयर किनबेच भएको हो। घट्दो बजारमा कारोबार रकम बढ्नुले लगानीकर्तामा ‘सेलिंग प्रेसर’ बढेको बुझ्न सकिन्छ।

 


प्रतिक्रिया दिनुहोस्