टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्न लागेकी पलेसाको अभ्यास सुरु

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ९ : ५९


काठमाडौं । वाइल्ड कार्डबाट टोकियो ओलम्पिक सहभागिता जनाउने मौका पाएकी पाराल्याम्पिककी पलेशा गोवद्धर्नले आजबाट अभ्यास थालेकी छन्।

सातदोबाटो स्थित तेक्वान्दो हलमा पलेशाले भौतिक रुपमा उपस्थित भइ अभ्यास थालेकी हुन।

उनलाई प्रशिक्षक नेगी लामाले अभ्यास दिन थालेका छन्। कोरोना महामारीले घरेलु वातावरणमा खुम्चिएकी पलेशाले ओलम्पिक इतिहासमा पहिलो पटक समावेश गरिएको पाराल्याम्पिक स्पर्धामा नेपालबाट प्रतिनिधित्व गर्ने खेलाडी हुन।

वाइल्ड कार्डबाट मौका पाएकी पलेशाले ओलम्पिकमा राम्रो गर्न निकै मिहिनेत गरेको भन्दै ओलम्पिक सहभागिता उपलब्धिमुलक बनाउने प्रतिबद्धता ब्यक्त दिइन्।

५८ के.जी मुनिको स्पर्धाका लागि वाइल्ड कार्डमार्फत छनोट भएकी पलेशा विश्व तेक्वान्दो महासंघको १३ औं वरियतामा रहेकी छन्।

अन्तर्राष्ट्रिय पाराल्याम्पिक कमिटीबाट नेपालका लागि एउटा मात्र कोटा दिने व्यवस्था भए अनुसार पलेशालाई वाइल्ड कार्ड मिलेको हो।

मौका पाएकी पलेशालाई बन्द प्रशिक्षणमा राखेर अभ्यास गराउन नेपाल तेक्वान्दो संघले पहल गरिरहको बताएको छ।

पलेशालाई बिहान र बेलुका गरी दुई समयमा अभ्यास गराउने योजना रहेको र बाँकी सेवा सुविधाका लागि संघले प्रवन्ध गर्ने प्रशिक्षक नेगी लामाले जानकारी दिए।

ओलम्पिकका लागि एशियाली क्षेत्रको छनोट प्रतियोगिता जोर्डनको अम्मान शहरमा गत जेष्ठ ७ गते देखि २३ गते सञ्चालन भएको थियो। तर, कोरोना महामारी, निषेधाज्ञा, अन्तर्राष्ट्रिय हवाई सेवा अवरूद्ध र जोर्डनमा क्वारेन्टिन बस्नुपर्ने नियमका कारण नेपाली खेलाडीको छनोट सम्भावना टरेको थियो।

त्यसपछि नेपाल तेक्वान्दो संघले पारा तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धन ५८ के.जी र रञ्जना धामी ४९ के.जीको वाइल्ड कार्डका लागि विश्व तेक्वान्दो महासंघमा पहल गरेको थियो। सोही पहलबाट नेपाली खेलाडी पलेशाले मौका पाएकी हुन।


प्रतिक्रिया दिनुहोस्