सेफ्टी ट्याङ्की भत्किएर २ जनाको मृत्यु

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ९ : ३४


सङ्खुवासभा । खाँदबारी नगरपालिका –४ सेकाहामा सेफ्टी ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको छ।

सेफ्टी ट्याङ्की भत्किएर खाँदबारी–४ सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ र २५ वर्षीय ईश्वर राईको मृत्यु भएको हो।

गम्भीर घाइते गुरुङ र राईको जिल्ला अस्पताल सङ्खुवासभामा आज साँझ साढे ७ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविन राईले बताए।

घाइते दुवैलाई स्थानीयवासीले तत्कालै उद्धार गरेर जिल्ला अस्पताल ल्याएका थिए। रासस


प्रतिक्रिया दिनुहोस्