मेलम्ची बाढीमा हराइरहेका थप एक जनाको शव फेला

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ९ : ३०


यही असार १ गतेको मेलम्चीको बाढीमा बेपत्ता भएका मध्ये थप एक जनाको शव भेटिएको छ।

बाढीमा हराइरहेका पाँचपोखरी थाङपाल गाँउपालिका—२ का ६३ वर्षीय ठकुरी स्याङ्बोको शव पहिचान भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए।

बाढीबाट मृत्यु हुनेको संख्या चार पुगेको छ भने अझै २१ जना बेपत्ता छन्।


प्रतिक्रिया दिनुहोस्