बङ्गलादेशमा थप सङ्क्रमित हुनेको सङ्ख्या तीन हजार बढी

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ८ : ३५


ढाका । बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पछिल्लो २४ घण्टामा तीन हजार ६४१ पुगेको छ।

यो अवधिमा महामारीबाट थप मृत्यु भएका व्यक्तिको सङ्ख्या ८२ रहेको सरकारी तथ्याङ्कमा उल्लेख छ।

बङ्गलादेशको स्वास्थ्य महानिर्देशनालयका अनुसार अहिलेसम्म कूल आठ लाख ५१ हजार ६६८ जनामा सङ्क्रमण पुष्टि भएको छ भने १३ हजार ५४८ जनाको मृत्यु भएको छ।

सरकारी अधिकारीले एशियाली यस मुलुकमा आइतबार बिहान ८ः०० बजेसम्मको पछिल्लो २४ घण्टाको अन्तरालमा कूल २२ हजार २३१ जनाको कोभिड–१९ परीक्षण गरिएको जनाएका छन्।

बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमण भई निको हुने नागरिकको सङ्ख्या सात लाख ८२ हजार ६५५ रहेको छ।

योमध्ये आइतबार दुई हजार ५०९ जना कोभिडबाट मुक्त भएका छन्।

आधिकारिक तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको मृत्यु दर हाल १।५९ रहेको छ भने निको हुनेको दर ९१.९० रहेको छ।

बङ्गलादेशमा अप्रिल ७ मा सबभन्दा बढी दैनिक नयाँ सङ्क्रमित ९सात हजार ६२६०भेटिएका थिए भने अप्रिल १९ मा कोभिडका कारण सबैभन्दा बढी ११२ जनाको मृत्यु भएको थियो। रासस


प्रतिक्रिया दिनुहोस्