४० हजार घुससहित सहायक वन अधिकृत पक्राउ

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ६ : ५२


धादिङको नीलकण्ठ सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेल रू ४० हजार नगदसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले पौडेललाई कार्यकक्षबाटै पक्राउ गरेको हो।

पौडेलले वन कार्यलयले समातेको काठको धनीलाई मुद्धा नचलाउने शर्तमा घुस लिएको पाइएको आयोगका प्रवक्ता, नारायणप्रसाद रिसालले जानकारी दिए। रासस


प्रतिक्रिया दिनुहोस्