प्रचण्डसँग दिपक मनाङेको भेटवार्ता

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ६ : २६


काठमाडौं । गण्डकी प्रदेशका मन्त्री रहेका दिपक मनाङेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।

सामाजिक सञ्जाल मार्फत उनले प्रचण्डसँग भेटघाट भएको जानकारी दिएका हुन।

उनले ‘पछिल्लो राजनीतिक घटनाक्रमबारे बृहद् छलफल भएको’ बताएका छन्।

गण्डकी मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेलले मनाङेसहित चार जनालाई मन्त्री नियुक्त गरे पनि कुनै मन्त्रालय दिन सकेका छैनन्।


प्रतिक्रिया दिनुहोस्