उपत्यकामा नीजि सवारी साधन जोर-बिजोर प्रणालीमा चल्न दिने निर्णय

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ५ : २८


काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ।

३ वटै जिल्लाका सिडिओहरुको बैठकले निषेधाज्ञा असार १४ गते सम्म लम्ब्याउने निर्णय गरेको छ।

अबको निषेधाज्ञा भने केहि खुकुलो हुने छ। उपत्यकामा जोर-बिजोर लागू गरेर निजी सवारी चल्न दिइने निर्णय भएको छ।

यस्तै, ३ जना चढ्न पाउने गरी ट्याक्सी पनि सञ्चालन गर्न दिने निर्णय पनि भएको छ।

असार ८ देखि निजी सवारी साधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय तीनै जिल्लाका प्रजिअहरुको बैठकले आइतबार साँझ गरेको हो।

त्यसैगरी बारका आधारमा पसलहरु सञ्चालन गर्न दिने निर्णय भएको छ।


प्रतिक्रिया दिनुहोस्