२ हजार ४ सय ४२ कोरोना संक्रमित थपिए, ५१ जनाको मृत्यु

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ४ : ३४


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो।

पछिल्लो २४ घण्टामा ६६७७ जनामा पिसिआर परीक्षण गरिएकोमा १४२१ पोजेटिभ देखिएको थियो भने ४२४९ को एन्टिजेन परीक्षण गरिएकोमा १०२१ मा पोजेटिभ देखिएको थियो। कूल २ हजार ४ सय ४२ जना संक्रमित थपिएका छन्।

देशभर पछिल्लो २४ घण्टामा २ हजार ४५६ जना कोरोनाबाट निको भएका छन्। त्यस्तै,५१ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ।

आज थपिएका कोरोना संक्रममित मध्ये काठमाडौँमा ४५० , भक्तपुरमा २५ र ललितपुरमा ५३ जना गरी काठमाडौँ उपत्यकामा ५२८ जना थपिएका छन्।

हाल देशभर ५५ हजार ५ सय ३२ जना सक्रिय संक्रमित रहेकोमा ५१ हजार ८ सय ३३ जना होम आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।

यस्तै संस्थागत आइशोलेशनमा ३६ सय ९९ जनाको संस्थागत आइशोलेशनमा रहेकोमा ती मध्ये ८ सय ७१ जनाको आइसीयू र २ सय ५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको प्रवक्ता डा कृष्ण पौडेलले बताए।


प्रतिक्रिया दिनुहोस्