निषेधाज्ञाबीच बेहुला बेहुली मोटरसाइकलमा

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ९ : ४९


सङ्खुवासभाको खाँदबारी नगरपालिका –८ का सन्तोष श्रेष्ठले निषेधाज्ञाका बीच बेहुलीलाई आफैले मोटरसाइकलमा चढाएर घरमा भित्र्याएका छन्।

धर्मदेवीको आँखीभूईँबाट ती बेहुला–बेहुली मोटरसाइकलमा खाँदबारी फर्किएका हुन्।

बेहुला सन्तोषले धर्मदेवी नगरपालिका –७ की चन्द्रिका श्रेष्ठसँग विवाह गरेका हुन।

विवाहमा अन्य कुनै तडकभडक देखिएन।

कोभिड–१९ का कारण १५ जनाभन्दा बढी उपस्थित हुन जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले रोक लगाएको छ। रासस


प्रतिक्रिया दिनुहोस्