गम्भीर घाइते किशोरीको अझै हुन सकेन उद्धार

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ९ : २०


बाजुरा । बुढिनन्दा नगरपालिका– १ स्थित रुपासैँनी भीरबाट लडेर गम्भीर घाइते भएका १६ वर्षीया ललिता गिरीको आजसम्म उद्धार हुन सकेको छैन।

यही असार १ गते घाँस काटिरहेका अवस्थामा सो भीरबाट एक्कासी लड्दा उनीको घाँटि तथा ढाँडमा असर पुर्याएको थियो।

अचेत अवस्थामा यहाँस्थित कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा उनलाई पुर्याइएको थियो।

स्वास्थ्य केन्द्रका चिकित्सक डिकेन्द्र सञ्ज्यालले किशोरीको अक्सिजन लेबल घटेको जानकारी दिँदै तत्काल अन्यत्र रिफर गर्नुपर्ने जानकारी दिए।

प्रतिकूल मौसमले हवाई उड्डयन हुन नसक्दा किशोरी गिरीको हवाई उद्धार हुन नसकेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिए।

उनले भने, “मौसम सफा हुने बित्तिकै किशोरीको उद्धार हुन्छ। जिल्लामा हेलिकप्टर आउन सकेको छैन।” सुदूर पश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले हवाई उद्धारमा पहल गर्नुभएको बताइएको छ। रासस


प्रतिक्रिया दिनुहोस्