महन्त ठाकुरले आयोगमा किर्ते हस्ताक्षर बुझाएको उपेन्द्र-बाबुराम पक्षको आरोप

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ९ : १४


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरले पार्टीको नक्कली माइन्युट र नक्कली निर्णय निर्वाचन आयोगमा बुझाएको आरोप लगाएको छ।

शनिबार यादव पक्षका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले विज्ञप्ति जारी गर्दै किर्ते काम गरेको भन्दै आपत्ति जनाएका छन्।

पुस ७ गतेको बैठकको निर्णय सोही बेला सार्वनजिक गरिएको र पार्टी पंक्तिमा दुवै अध्यक्षको हस्ताक्षरसहित सम्प्रेषण गरिसकिएको कुरालाई भ्रमपूर्ण नक्कली माइन्युट र नक्कली निर्णय सार्वजनिक गरिएको भन्दै खतिवडाले त्यसको खण्डन गरेका छन्।

खतिवडाले ठाकुरले गरेको किर्ते र जालसाजी कामको खेद प्रकट गर्दै कानुनी कारबाहीको पनि माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस्