आँधीखोलामा बगेका थापा मृतावस्थामा फेला

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ८ : ४२


स्याङ्जाको आँधीखोला तर्ने क्रममा खोलामा बगेका एक पुरुष मृत अवस्थामा भेटिएका छन्।

पुतलीबजार नगपालिका–४, राङ्कोषका ५१ वर्षीय टेकबहादुर थापा आज दिउँसो मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। रासस


प्रतिक्रिया दिनुहोस्