आजराति ४ प्रदेशमा भारी बर्षा हुने, यस्तो छ आगामी ३ दिनको मौसम

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ८ : ३४


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजराति ४ वटा प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।

महाशाखाले साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

लुम्बिनी र बागमती प्रदेशका थोरै स्थान तथा प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

अहिले पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ असार ५ गते (शनिबार)

राती : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश तथा बागमती प्रदेशका थोरै स्थान र प्रदेश १, गण्डकी प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

२०७८ असार ६ गते (आईतबार)

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका केही र प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारीवर्षा को सम्भावना छ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका केही र प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारीवर्षा को सम्भावना छ।

२०७८ असार ७ गते (सोमबार)

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका थोरै र प्रदेश १, बागमती प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाका साथै लुम्बिनी प्रदेशका केही र प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षा हुने सम्भावना रहेकोले उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाको अपील छ।


प्रतिक्रिया दिनुहोस्