इरानको राष्ट्रपतिमा कट्टरपन्थी नेता इब्राहिम रइसी निर्वाचित

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ७ : १८


तेहरान । इरानको राष्ट्रपतिमा कट्टरपन्थी नेता इब्राहिम रइसी विजयी भएका छन्।

राष्ट्रपतिका लागि भएको निर्वाचनमा ३ जना प्रतिद्वन्द्वीलाई पार्दै कट्टरपन्थी धर्मगुरु इब्राहिम रइसी विजयी भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

रइसी इरानका प्रधानन्यायाधीश हुन। उनी अतिरूढिवादी विचार राख्छन्।

अमेरिकाले उनीविरुद्ध प्रतिबन्ध लगाएको छ। उनी राजनीतिक बन्दीहरूलाई दण्ड दिइएका मुद्धामा संलग्न थिए।


प्रतिक्रिया दिनुहोस्