आफ्नै पार्टीलाई रेखा थापाको प्रश्न : राप्रपा रिटायर्डहरुको सरोकार समूहमात्र हो?

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ५ : ३०


काठमाडौं । राप्रपाको केन्द्रीय विशेष समिति गठनप्रति नायिका एवं राप्रपा नेतृ रेखा थापाले असन्तुष्टि जनाएकी छन्।

राप्रपाले शुक्रबार केन्द्रीय निर्देशन समिति र केन्द्रीय विशेष समिति गठन गरेको थियो।

सो समितिमा एक जना पनि महिला नपरेपछि नेतृ थापाले राप्रपा सबैको हुन नसकेको टिप्पाी गरेकी छन्।

उनले राप्रपालाई रिटायर्डहरुको सरोकार समूहमात्र हो? भन्दै प्रश्न गरेकी छन् ।

नेतृ थापाले भनेकी छन्, ‘कुन चाँही राप्रपा बैकल्पिक शक्ती बन्ने हो? कुन चाँही राप्रपा मौलिक रुपमा सबैको पार्टी हो?कुन चाँही राप्रपा उदाउँदो राप्रपा हो? कुन चाँही राप्रपा नाम मात्रको पार्टी हो? कुन चाँही राप्रपा व्यबहारमा बयस्क र रिटायर्डहरुको सरोकार समुह मात्र हो? कुन राप्रपा हामी सबैको राप्रपा हो?’


प्रतिक्रिया दिनुहोस्