कमल थापा भन्छन्-‘बरु एक्लै डिड्छु, भाइरसहरुसँग सम्झौता गर्दिन’

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ४ : २०


काठमाडौं । आफ्नो पार्टीभित्र राजनीतिक खिचातानी भइरहेका बेला राप्रपा अध्यक्ष कमल थापाले बरु आफू एक्लै हिड्न तयार रहेको बताएका छन्।

शनिबार एक ट्विट मार्फत थापाले लोभीपापी र अवसरवादीहरुलाई बोकेर नहिँड्ने बताएका हुन्।

नकरात्मक व्यक्तिलाई बोकेर हिँड्दा गन्तव्यमा नपुगिने बताउँदै उनले भाइरसहरुसँग कुनै सम्झैता नगर्ने उल्लेख गरेका छन्।

राप्रपाले शुक्रबार केन्द्रीय निर्देशन समिति र केन्द्रीय विशेष समिति गठन गरेको थियो। ती समितमा पार्टीका वरिष्ठ नेता नपरेको भन्दै पार्टीभित्रैबाट विरोध भइरहँदा नेता थापाको पछिल्लो ट्विट आएको हो।

अध्यक्ष थापाले ‘बरु एक्लै हिड्ँछु’ भन्दै राप्रपा फेरि फुट्ने संकेत समेत गरेका छन्।

केन्द्रीय विशेष समितिमा राप्रपाको महामन्त्री रहिसकेका धवल शमशेर राणासमेत राप्रपाको सो सूचीमा परेका छैनन। यसैगरि नेतृत्वमा एकजना समेत महिलालाई राखिएको छैन।


प्रतिक्रिया दिनुहोस्