रहेनन मिल्खा सिंह : उनको आमा बुवा सङै ८ भाइ बहिनीलाई मारिएको थियो !

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ९ : २८


महान् धावक मिल्खा सिंहको कोरोनाको कारण मृत्यु भएको छ । उनको एक महिना लामो कोरोना सँगको लडाइँ पछि मृत्यु भएको हो । उनी ९१ वर्षको उमेरमा यो धर्ती बाट बिदा भए ।

भारत पाकिस्तान विभाजनको बेला मिल्खा सिङ पाकिस्तान छोडेर भारत आएका थिए । उक्त दौरानमा उनका आमा बुवा सङै  ८ भाइ बहिनी समेतलाई मारिएको थियो ।

१९२९मा हालको पाकिस्तानमा जन्मेका  मिल्खा भारत आए पछि सेनामा भर्ती भएका थिए । त्यही बाट उनको महान् धावक बन्ने अवसर जुर्दै गयो । उनी पेट दुख्ने समस्याले सुरुवाती दिनमा दौडन सक्दैन थिए । उनको जीवनमा फरहान  अख्तर अभिनीत फिल्म भाग मिल्खा भाग बनेको छ ।


प्रतिक्रिया दिनुहोस्