वर्ल्ड रेकर्ड राख्न बाइकलाई हावामा ३५१ फिट माथि उडाउँदा ज्यान नै गयो

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  १२ : ५६


अमेरिकाका महसुर स्टण्डम्यान एलेक्स हारविलको मृत्यु भएको छ । मोटर साइकल स्टण्ड गरेर धेरै प्रख्यात भइसकेका उनले  रेकर्डको लागी ३५१ फिटको मोटरसाइकल जम्पको अभ्यास गर्दा गर्दै प्राण त्याग्नु परेको छ ।

एलेक्सले अभ्यासका क्रममा हावामा बाइक उडाइ सकेपछि नियन्त्रण गुमाएका थिए । उनी आफ्नो लक्षभन्दा पर खस्न पुगे । प्रत्यक्षदर्शी अनुसार उनको हेलमेट हावामा उडेको देख्न सकिन्थ्यो ।

दुर्घटना लगत्तै उनलाई हस्पिटल पुराइएको थियो जहाँ डक्टरले उनलाई मृत घोषणा गरेका थिए । २८ वर्षीय एलेक्सको ३५१ फिटको भिडियो सामाजिक सञ्जालमा निक्कै नै भाइरल वनेको छ ।


प्रतिक्रिया दिनुहोस्